कोरोना महामारीमा अमेरिकी युवाहरुले स्वास्थ्य बीमा गुमाउने सम्भावना अधिक

2020-11-01
कोरोना महामारीमा अमेरिकी युवाहरुले स्वास्थ्य बीमा गुमाउने सम्भावना अधिक

काठमाण्डौ । १० मध्ये ३ अमेरिकी युवाहले कोरोना महामारीका कारण आफ्नो स्वास्थय बीमा कभरेज प्रभावित बनेको बताएका छन्। ट्रान्स युनियन हेल्थकेयरले हालै गरेको एक सर्भेक्षेणमा उनीहरुले यस्तो बताएका हुन्। 

सर्भेक्षेणमा ३३ प्रतिशत जेन जेट(१९९५ वा त्यसपश्चात जन्मिएका) र २९ प्रतिशत मिलिनियल्स(सन् १९८० देखि १९९४ को बीचमा जन्मिएका)को कोरोना महामारीका कारण स्वास्थ्य बीमा प्रभावित बनेको देखिएको छ। यसमा कभरेजको नोक्सानी पनि समावेश गरिएको छ। 

इकोनोमिक्स पोलिसी इन्स्टीटीयुटको यसअघिको अनुसन्धानमा कोरोना महामारीका कारण अधिकांस अमेरिकी युवा वर्ग बेरोजगारीको शिकार भएको उल्लेख गरिएको थियो। 
कैसर फेमिली फाउन्डेसनका अनुसार करीब आधी अमेरिकी(४९.६ प्रतिशत) अमेरिकीले आफ्ना रोजगारदाताबाट स्वास्थ्य बीमा प्राप्त गरेका थिए। तथापि इकोनोमिक्स पोलिसी इन्स्टीटीयुटले १ करोड २० लाख अमेरिकीले आफ्नो स्वास्थ्य बीमा कभरेज गुमाएको अनुमान लगाएको छ। 

ट्रान्स युनियनको सर्भेक्षेणमा स्वास्थय सेवा कभरेज गुमाउनुको अलावा आधी जसो अमेरिकी जनताले वर्तमान अवस्थाले आफ्नो मेडिकल केयरको अवस्थामा समेत प्रभाव पारेको बताएका छन्। 

तर यसका कारण स्वास्थ्य सेवा खर्चमा नाटकिय परिवर्तन भने देखिएको छैन। अमेरिकीहरुले या वर्ष आपतकालिन रुम भिजीटका लागि औसत ४८५ डलर खर्च गरेका छन् भने इनप्यासेन्ट केयरका लागि औसत ५००२ डलर खर्च गरेका छन्। 

 


Share this with your friends: