कोरोना महामारीका कारण बीमा उद्योगको प्रतिष्ठामा गिरावट

2021-07-04
कोरोना महामारीका कारण बीमा उद्योगको प्रतिष्ठामा गिरावट

काठमाण्डौ । कोरोना महामारीका कारण विश्व बीमा उद्योगको प्रतिष्ठामा गिरावट आएको एक अध्ययनले देखाएको छ। डेटा तथा विश्लेषण कम्पनी ‘ग्लोबल डेटा’ले हालै गरेको एक सर्भेमा कोरोना महामारीका कारण विश्व बीमा उद्योगको प्रतिष्ठामा गिरावट आएको देखिएको हो। 

ग्लोबल डेटाले कोरोना महामारीले बीमा उद्योगमा पारेको प्रभाव तथा समग्र बीमा क्षेत्रप्रतिको आम धारणा जान्नका लागि सर्भे गरेको थियो। उक्त सर्भेमा सहभागी एक तिहाई मानिसहरुले कोरोना महामारीका कारण विश्वका बीमकहरुप्रतिको आफुहरुको धारणा नकारात्मक भएको बताएका थिए। 
समग्रमा ४१ प्रतिशत सहभागीहरुले बीमकहरुको प्रतिष्ठा खराब बनेको बताएका थिए। त्यस्तै ३१ प्रतिशतले भने बीमकहरुको प्रतिष्ठामा सुधार आएको बताएका थिए। 

बीमा क्षेत्रप्रतिको नकारात्मक र सकारात्मक धारणबीच महत्वपूर्ण अन्तर रहेपनि सर्भेमा तटस्थ बसेकाहरुले बीमा क्षेत्रप्रति सबैभन्दा खराब प्रतिक्रिया दिएको ग्लोबल डेटाले जनाएको छ। 

‘पक्कै पनि कोरोना महामारीले बीमकहरु सामु एकदमै कठिन परिस्थितीको सिर्जना गरिदिएको छ। व्यवसायका केहि लाइनहरुको दाबी भुक्तानीमा बढोत्तरी आएको छ भने धेरैजसो व्यवसायका लाइनहरुलाई बीमा गर्न कठिनाई भईरहेको छ।’ ग्लोबल डेटामा बीमा विश्लेषकका रुपमा रहेका बेन क्यारी–इभानले भने। 

विश्व बीमा उद्योगको प्रतिष्ठामा आँच आउनुको प्रमुख कारण सन् २०२० मा व्यापार–व्यवसायमा भएको अवरोधहरुको दाबी भुक्तानीका लागि विश्वभर भएका कानुनी लडाईहरु प्रमुख कारण रहेको बताइएको छ। 

उदाहरणका लािग बेलायतमा त्यँहाका अग्रेणी बीमकहरुलाई दाबी भुक्तानी गर्न अस्विकार गरेका कारण ‘फाइनान्सियल कन्डक्ट अथोरिटी’ले अदालतसम्म पुर्याएको थियो। बेलायति बीमकहरुले अधिकांस बीमा पोलिसीहरुमा महामारीलाई नसमेटिएको तर्क प्रस्तुत गरेका थिए। अन्ततः अदालतमा उनीहरुले मुद्रा हारे। तर यो विवाद र भुक्तानीमा भएको ढिलाईका कारण बीमकहरुको प्रतिष्ठामा क्षती पुग्न गयो। 

यसका साथै ग्राहकहरुले यात्रा, आम्दानी सुरक्षाहरु जस्ता केहि निश्चीत लाइनहरुका लागि बीमा योजना पाउन संघर्ष गर्नुपरेका कारण बीमकहरुको प्रतिष्ठामा आँच आएको इभानले बताए। 

इभान भन्छन्‘ बीमकहरुका लागि ग्राहकहरुको विश्वास सदैव मुख्य विषयका रुपमा रहने गर्दछ। यसका साथै बीमकहरुले संघर्ष गर्नुपर्ने क्षेत्रले समेत अर्थ राख्ने गर्दछ। त्यसैले बीमकहरुले प्रतिष्ठामा आएको गिरावटलाई थप धान्न नसक्ने देखिएको छ। कोभिड–१९ मा आधारित जुनसुकै पोलिसीहरु बिक्री गरेपनि अब बीमकहरुले ग्राहकरुलाई आस्वस्त पार्न र थप विवादहरुबाट बच्नका लागि पारदर्शीता अपनाउन आवश्यक देखिन्छ।’   

 


Share this with your friends: