खस्कदो आर्थिक अवस्थाका कारण बेलायतका पोलिसीहोल्डर बीमा योजना रद्ध गर्दै

2020-11-11
खस्कदो आर्थिक अवस्थाका कारण बेलायतका पोलिसीहोल्डर बीमा योजना रद्ध गर्दै

काठमाण्डौ । कोरोना महामारीका कारण वित्तीय अवस्था प्रभावित बनेपछि बेलायतमा बीमा पोलिसी रद्ध गर्नेको संख्यामा बढोत्तरी आएको छ। ५ जनामध्ये करीब १ जना बेलायति पोलिसीहोल्डरले खस्कदो आर्थिक अवस्थाका कारण आफ्नो बीमा पोलिसी रद्ध वा कटौति गरेका छन्।

एक नयाँ अध्ययन अनुसार महामारीका कारण करीब १९ प्रतिशत बेलायति ग्राहकहरुले आफ्नो बीमा पोलिसी रद्ध वा कटौति गरेका छन्। महामारीका कारण सबैभन्दा धेरै ट्राभल इन्स्योरेन्स प्रभावित बनेपनि ग्राहकहरुले घर, कार, घरपालुवा जनावर,जीवन र स्वास्थ्य बीमा समेत रद्ध वा कटौति गरेका छन्। 

प्रिमियम क्रेडिट इन्स्योरेन्स इन्डेक्सका अनुसार कोरोना महामारी पूर्वपनि बेलायतका ग्राहकहरुले समस्याको सामना गरिरहेका थिए। बेलायत सरकारको ताजा आकँडा केलाउदा बेलायतको औसत घरेलु कुल बीमा खर्च १४ प्रतिशतले वृद्धि भएको इन्डेक्सले जनाएको छ। 

यस्तै इन्डेक्सका अनुसार महामारी पूर्व चारमध्ये एक(२५ प्रतिशत) ग्राहकले बीमा पोलिसीको प्रिमियम तिर्न ऋण लिने गरेका थिए। तर महामारीका कारण थप ५ प्रतिशत ग्राहक प्रिमियम तिर्नका लागि ऋण लिन बाध्य भएको इन्डेक्सले जनाएको छ। 

पोलिसीहोल्डरहरुले ऋण लिनुको मुख्य कारण प्रिमियम शुल्कमा वृद्धि हुनु हो। करीब ३५ प्रतिशत बेलायित ग्राहकले प्रिमियम शुल्क वृद्धि भएका कारण आफुहरुले ऋण लिनु परेको बताएका छन्। 


Share this with your friends: