गणपति लघुवित्तको सीईओमा विष्ट नियुक्त

2021-04-12
गणपति लघुवित्तको सीईओमा विष्ट नियुक्त

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा किरण विष्ट नियुक्त भएका छन्। संस्थाको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो। 

उनलाई वैशाख २ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। यसका साथै उनलाई सोहि दिनदेखि लागूहुने गरी कम्पनीको सचिवको जिम्मेवारी समेत प्रदान गरिएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ। 

यसका साथै २७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाका सीईओ अच्युत राज सापकोटाले दिएको राजिनामा आगामी वैशाख १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको समेत जनाएको छ। 

 


Share this with your friends: