गरिमा विकासद्वारा लाभांस वितरणको प्रस्ताव

2020-12-27
गरिमा विकासद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको पुस १० गते बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत नगद लाभांस गरी कुल १४.२१०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२८.२६ रुपैयाँको १३.५० प्रतिशतले हुन आउने ४३ करोड ७२ लाख २३ हजार ०७२.८२ रुपैयाँ बराबरको बोनस सेयर र ०.७१०५ प्रतिशतले हुन आउने २ करोड ३० लाख ११ हजार ७४०.६८ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्विीकृत भएपछि बैंकको आगामी १४ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।  

 


Share this with your friends: