गरिमा विकास बैंकको सेयरमूल्य समायोजन

2021-01-25
गरिमा विकास बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज९नेप्से०ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १३.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३२४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य ३६८ रुपैयाँ कायम थियो। 
गरिमा विकास बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत नगद लाभांस गरी कुल १४.२१०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी माघ ३० गते आयोजना हुन गईरहेको १४ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ ।

 


Share this with your friends: