गरिमा विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-03-16
गरिमा विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २ गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ४ गतेदेखि १८ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। 

बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित बोनस सेयरमा हाल कायम चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १५.०८ रुपैयाँको १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँबराबरको बोनस सेयर रहेको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी १५ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: