गिरावटका साथ साताको सुरुवात,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-04-17
गिरावटका साथ साताको सुरुवात,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २००.८७ अंकले घट्दै १२९५१.१९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२०.६५ अंकले ओरालो लाग्दै ११०६२.५१ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य १.८६ प्रतिशतले बढ्दै प्रतिकित्ता ७११ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो। आज यो कम्पनीको सेयरमूल्य ५.०२ प्रतिशतले घट्दै प्रतिकित्ता ६२६ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक २९.६० अंकले घट्दै २३८५.६४ बिन्दुमा झर्यो। यो दिन बजारमा २३३ कम्पनीका ३४ लाख ७ हजार २७२ कित्ता सेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक ८.८९ अंकले घटेको आज व्यापार ६.३९,होटल एण्ड टुरिजम ६३.२४,विकास बैंक ६६, हाइड्रोपावर ६०.९३,वित्त ४२.८८,उत्पादन तथा प्रशोधन ८८.८,अन्य ३४.०१,लघुवित्त ४४.७४,म्युचुअल फन्ड ०.०४ र लगानी उपसूचक १.५ अंकले घट्यो। 

आज नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ४.०३ र सामुदायिक लघुवित्तको सेयरमूल्य ३.९८ प्रतिशतले बढ्यो। 

आज हिमालयन उर्जा विकासको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो। यसैगरी इमर्जिङ नेपालको सेयरमूल्य ७.५८ र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य ६.०७ प्रतिशतले घट्यो। 
यो दिन नेपाल टेलिकमको सर्वाधिक सेयर कारोबार भयो। आज एनटीसीको ४ करोड ९९ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: