गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-01-05
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?


काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य १९३ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता २०८ रुपैयाँ कायम थियो। बैंकको सञ्चालक समितिको बैठकले गत आ।व का लागि ८ प्रतिशत बोनस सेयर र ३.४० प्रतिशत नगद लाभांस गरी कुल ११.४० वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 


Share this with your friends: