ग्रामिण विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

2020-12-02
ग्रामिण विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका केहि संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयरको बिक्री खुला गरेको छ। संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ हजार ८ सय ३ कित्ता सेयरको बिक्री खुला गरेको हो। 

संस्थाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थाका संस्थापक सेयरधनी तथा अन्य व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको प्रधान कार्यालय बुटवल १० कालिकानगरमा निवेदन दिन आग्रह गर्दै सूचना जारी गरेको छ। 

संस्थाले सेयर खरिदका लागि हाल कायम संस्थापक सेयरधनीबाट निवेदन परेमा पहिलो प्राथमिकता संस्थाको संस्थापक सेयरधनीलाई दिइने जनाएको छ। यद्यपी उक्त मितिभित्र संस्थापक सेयरधनीको निवेदन नपरेमा प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अन्य व्यक्ति वा संस्थालाई सेयर खरिद बिक्री प्रक्रियामा समावेश गरिने संस्थाले जनाएको छ। 

 


Share this with your friends: