ग्रिन भेन्चर्सले चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

2022-03-14
ग्रिन भेन्चर्सले चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडले आगामी चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गर्न लागेको हो । 

निष्कासन गरिने सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


Share this with your friends: