ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समयावधि थप

2022-02-28
ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको मागलाई दृष्टिगत कम्पनीले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गाविस)ओखलढुंगा,खिम्जीदेवि गाउँपालिका २(साविकको रगनी गाविस)खिम्जीदेवि गाउँपालिका ३(साविकको खिचीचण्डेश्वरी गाविस)लिखु गाउँपालिका ९(साविकको पोकली गाविस)लिखु गाउँपालिका १(साविकको दुरा गाविस)रामेछाप,लिखु तामाकोशी गाउँपालिका २(साविकको सैबु गाविस)रामेछाप र उमाकुण्ड गाउँपालिका(साविकको भुजी गाउँपालिका)रामेछाप जिल्लाका वासिन्दाहरुका लागि गत फागुन 
 २ गतेदेखि आईपीओ निष्कासन गरेको हो । 

कम्पनीले जारी पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने रु.१०० अंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: