ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१% ब्याज पाइने

2021-06-23
ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१% ब्याज पाइने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुद्दती बचत खातामा बचत गर्दा आफ्ना ग्राहकहरुलाइ ८.०१ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।
बैंकले असार १ गतेदेखि लागू हुने गरी एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने भएको हो । 

यसका साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग प्रयोग गरी सुरक्षित रही घरबाट नै खोल्न समेत सकिने बैंकले जनाएको छ । 

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हबकब लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको जनाएको छ । 


Share this with your friends: