ग्लोबल आईएमई लघुवित्तद्वारा थप ७ शाखा विस्तार

2021-08-06
ग्लोबल आईएमई लघुवित्तद्वारा थप ७ शाखा विस्तार

काठमाण्डौ। ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ। 

ग्लोबल आईएमई वित्तीय संस्थाले बाँकेको ढकेरी शाखा, सप्तरीको छिन्नमस्ता शाखा, रोल्पाको त्रिवेणी शाखा, रुपन्देहीको बनगाई शाखा, ओखलढुङ्गाको लिखु शाखा, उदयपुरको चुहाडे शाखा तथा झापाको धुलाबारी शाखा गरी थप ७ वटा शाखा विस्तार गरेको हो। योसँगै संस्थाको शाखा सञ्जाल १०८ पुगेको छ। 

पोखरा महानगरपालिका २६ स्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्तले ५१ वटा जिल्लामा शाखा सञ्जाल विस्तार गरी आफ्ना ग्राहक सदस्यलाई सुविधा दिइरहेको छ। यसका साथै संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिने उद्देश्यले आईएमई–पे तथा ई–सेवासँग समन्वय गरी आफ्ना सदस्यहरुसँग आर्थिक कारोबार गर्न सुरु गरेको छ।

संस्थाले हाल १ लाख २६ हजार ९९४ जना सदस्यलाई लघुवित्त वित्तीय सुविधा प्रदान गरेको छ भने आफ्ना ग्राहक सदस्यलाई ६ अर्ब ३७ करोड ११ लाख रुपैयाँ बराबर कर्जा लगानी गरेको छ। संस्थाले आफ्ना ग्राहक सदस्यसँग २ अर्ब १५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। 


Share this with your friends: