ग्लोबल आइएमई बैंकद्वारा ५ वर्षभन्दा पुरानो लाभांस रकम बुझिलिन आग्रह

2021-08-11
ग्लोबल आइएमई बैंकद्वारा ५ वर्षभन्दा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांस रकम बुझिलिन आग्रह गरेको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएका आर्थिक वर्ष २०७०/७१ सम्मको नगद लाभांस हालसम्म पनि बुझिलिन नआएका सेयरधनीहरुलाई उक्त लाभांस रकम लिन आउन बैंकले आग्रह गरेको हो । बैंकले लाभांस बुझिलिन बाँकी सेयरधनीहरुलाई बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल काठमाण्डौमा सम्पर्क राखि नगद लाभांस बुझिलिन सूचना जारी गरेको छ । 

बैंकले सूचना प्रकाशित भएको १ महिनाभित्र आफ्नो बक्यौता नगद लाभांस बुझिलिन नआएमा सो लाभांस रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको ‘लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । 


Share this with your friends: