ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन

2021-08-20
ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ। 

अभियान अन्तर्गत बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ। 
यसअघि बैंकले महिलालाई आर्थिक रुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्दति बचत खाता सञ्चालनमा ल्याएको छ। मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिक रुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ। 

स्वास्थ्य शिविर ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ। 

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरुको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको छ। 


Share this with your friends: