ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

2021-09-16
ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। 

‘ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत भदौ ३० गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो। 

यससँगै आज(भदौ ३१ गते) नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। 

बैंकले गत चैत १ गतेदेखि ४ गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको रु १ हजार अंकित दरका ३० लाख कित्ता भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नामक ऋणपत्र निष्कासन गरेको थियो।

कुल निष्कासनमध्ये १८ लाख कित्ता ऋणपूँजीले हुन आउने कुल १ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब २० करोड ऋणपूँजी रकम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । 


Share this with your friends: