ग्लोबल आइएमई बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-11-18
ग्लोबल आइएमई बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी मंसिर २७ गते सोमबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा बैंक सञ्चालक समितिबाट प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांस गरी कुल १३.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिनका लागि बुृक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: