ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-11-29
ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३३२ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६५.२० रुपैयाँ कायम थियो । 

बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांस गरी कुल १३.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।


Share this with your friends: