ग्लोबल आइएमई समुन्नत योजना १ को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-12-07
ग्लोबल आइएमई समुन्नत योजना १ को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई समुन्नत योजना१ को लाभांस सुरक्षित गर्ने आज(मंसिर २१ गते)अन्तिम दिन रहेको छ। योजनाका इकाइधनीहरुलाई लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २२ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम इकाइधनीहरु मात्रै प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।

ग्लोबल आइएमई क्यापिटलले गत आर्थिक वर्ष २०७७/७८ का लागि १०० प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ। 


Share this with your friends: