ग्लोबल आइएमई लघुवित्तद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

2022-02-04
ग्लोबल आइएमई लघुवित्तद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस रकम बुझिलिन आग्रह गरेको छ । संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७२/७३ को नगद लाभांस हालसम्म पनि बुझिलिन नआएका सेयरधनीहरुलाई उक्त लाभांस रकम लिन आउन संस्थाले आग्रह गरेको हो । 

संस्थाले लाभांस बुझिलिन बाँकी सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा बीओआईडी स्टेटमेन्टका साथ सूचना प्रकाशित भएको ३५ दिनभित्र आफ्नो कुनै परिचयपत्र लिई संस्थाको केन्द्रिय कार्यालय विजयपुर कास्कीमा सम्पर्क राख्न आग्रह गरेको छ ।  

संस्थाले सूचना प्रकाशित भएको ३५ दिनभित्र आफ्नो बक्यौता नगद लाभांस बुझिलिन नआएमा सो लाभांस रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको ‘लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ । 


Share this with your friends: