ग्लोबल आइएमई लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह

2022-02-27
ग्लोबल आइएमई लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत मंसिर २८ गते सम्पन्न ९ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट पारित २८ प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम तिर्न आग्रह गरेको हो । 

संंस्थाले स्पर्स लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार भएको मिति २०७८ वैशाख ८ गतेपश्चात सेयर खरिद गरेका सेयरधनीहरुलाई करबापतको रकम तिर्न आग्रह गरेको हो । सेयरधनीहरुले संस्थाको ग्लोबल बैंक पोखरामा रहेको संस्थाको खाता नम्बरमा रकम जम्मा गर्नुपर्नेछ ।  


Share this with your friends: