ग्लोबल आइएमई लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह

2022-04-07
ग्लोबल आइएमई लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत मंसिर २८ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुका लागि पारित २८ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो । 

यसका साथै ग्लोबल आइएमई लघुवित्तले साविकको स्पर्स लघुवित्तलाई प्राप्ति गरी ग्लोबल आइएमई लघुवित्तको नामबाट एकिकृत कारोबार भएको मिति २०७८ वैशाख ८ गतेपश्चात सेयर खरिद गरेका सेयरधनीस्हरुले समेत बोनस सेयरमा लागने कर बापतको रकम स्वयम ले नै तिर्नुपर्ने संस्थाले जनाएको छ । 

सेयरधनीहरुले ग्लोबल आइएमई बैंकमा रहेको संस्थाको खातामा रकम जम्मा गर्नुपर्नेछ ।  


Share this with your friends: