घट्दो बजारमा निफ्राको सर्वाधिक सेयर कारोबार, बीमाका दुवै उपसूचकमा गिरावट

2021-02-25
घट्दो बजारमा निफ्राको सर्वाधिक सेयर कारोबार, बीमाका दुवै उपसूचकमा गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २९९.७८ अंकले ओरालो लाग्दै १७५९९.२२ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १७६.८६ अंकले घट्दै १२९५२.२८ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ५.४५ प्रतिशतले घट्दै प्रतिकित्ता १०४० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्यो। नेप्से परिसूचक ४४.९४ अंकले घट्दै २५५४.१३ को उचाईमा सीमित बन्यो। यो दिन बजारमा २०६ कम्पनीका १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४१४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै समूहमा गिरावट आयो। बैंकिङ समूह ३७.४९ अंकले घटेको आज व्यापार समूह ५५.१, होटल १७.३६, विकास बैंक ४७.४९, हाइड्रोपावर २७.७५, वित्त २५.७२, उत्पादन तथा प्रशोधन ७२.२७, अन्य ३६.७८, लघुवित्त ६०.४८ र म्युचुअल फन्ड ०.०४ अंकले ओरालो लागे। 

आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.९१ प्रतिशतले बढ्दै प्रतिकित्ता ३७७ रुपैयाँ कायम भयो। त्यस्तै नेशनल हाइड्रोपावरको सेयरमूल्य ८.२२ प्रतिशतले बढ्यो। 

आज सनराइन फस्ट म्युच्युअल फन्डको सेयरमूल्य सर्वाधिक अर्थात ६.८४ प्रतिशतले घट्यो। यसैगरी श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयरमूल्य ५.५३ प्रतिशत, आएइमई जनरल ५.४५, समृद्धि फाइनान्स ४.७८ र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ४.१८ प्रतिशतले घट्यो। 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज निफ्राको ९० करोड ३५ लाख बढीको सेयर कारोबार भयो भने नविल बैंकको २१ करोड ६० लाख, नेशनल हाइड्रोपावर २१ करोड २६ लाख, नेपाल बैंक २१ करोड १३ लाख र एनआईसी एशिया बैंकको २० करोड ४० लाख बढीको सेयर कारोबा भयो।  

 


Share this with your friends: