ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरले पाए हकप्रद सेयर निष्कासनको स्वीकृति

2022-05-10
ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरले पाए हकप्रद सेयर निष्कासनको स्वीकृति

काठमाण्डौ । ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ। 

विद्युत नियमन आयोगले यी दुवै कम्पनीलाई वैशाख २६ गते हकप्रद निष्कासनको अनुमति दिएको हो । आयोगले ङादी ग्रुप पावरलाई चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो। कम्पनीले आयोगसँग चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद निष्कासनको अनुमति मागेको थियो। 

यस्तै बरुण हाइड्रोपारलाई चुक्तापुँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरिएको छ।


Share this with your friends: