चरम प्राकृतिक विपत्तिका कारण विश्वका बीमकहरुको दाबी भुक्तानी औसतभन्दा बढी

2021-12-15
चरम प्राकृतिक विपत्तिका कारण विश्वका बीमकहरुको दाबी भुक्तानी औसतभन्दा बढी

काठमाण्डौ । विश्वका बीमा कम्पनीहरुले सन् २०२१ मा प्राकृतिक प्रकोपहरुबाट १०५ बिलियन अमेरिकी डलर घाटा व्यहोरेका छन्। स्विस रि इन्स्टिच्युटका अनुसार बाढी पहिरो, चट्याङ,तापक्रम वृद्धि र आँधी जस्ता प्राकृतिक प्रकापहरुले निम्त्याएको यो घाटा सन् १९७० पछिकै चौथो ठूलो घाटा हो। 

यस्तै यो अवधिमा बीमा कम्पनीहरुले मानव सिर्जित प्रकोपहरुका कारण ७ बिलियन डलरबराबरको घाटा व्यहोरेको स्विस रिले जनाएको छ। यसरी प्राकृतिक र मानव सिर्जित प्रकोपहरुका कारण विश्वका बीमा कम्पनीले कुल ११२ बिलियन डलर घाटा व्यहोरेको रिपोर्टमा उल्लेख गरिएको छ। 
सन् २०२१ मा विश्वका बीमा कम्पनीहरुले सबैभन्दा ठूलो घाटा ‘ईडा’ नामक आँधिबाट व्यहोरेका छन्। यस्तै ‘उरी’ नामक हिँउदे तुफान र अन्य जोखिमका घटनाहरुले कुल घाटाको आधीभन्दा बढी हिस्सा ओगटेको रिपार्टमा उल्लेख गरिएको छ। यी दुवै आँधि–तुफान ओरिकामा आएका थिए। 
ईडाका कारण ३०–३२ बिलियन डलर अनुमानित बीमा क्षति भएको छ। यसमा न्यूयोर्कमा आएको बाढी पनि समावेश छ। यस्तै युरीका कारण १५ बिलियन डलर घाटा भएको छ। युरीका कारण टेक्ससमा अधिक चिसो र भारी हिमवर्षा भएको थियो। 

युरोपको बीमा क्षेत्रमा सबैभन्दा ठूलो घाटा जुलाई महिना जर्मनी,बेल्जियम र आसपासका देशमा आएको बाढीले निम्ताएको थियो। यो बाढीका कारण बीमा कम्पनीहरुले १३ बिलियन डलरबराबरको घाटा व्यहोरेका छन्। यसको आर्थिक घाटा भने ४० बिलियन डलर रहेको छ। जसले युरोपमा बाढी जोखिम सुरक्षाको ‘ग्याप’ धेरै रहेको जनाँउछ। यो बाढी युरोपमा सन् १९७० पछिकै सबैभन्दा बढी घाटा निम्त्याएको प्राकृतिक प्रकोपका रुपमा रहेको छ। यस्तै थाइल्याण्डमा सन् २०११ मा आएको बाढी पछिको विश्वको सबैभन्दा बढी क्षति निम्ताएको बाढी यहि नै हो। 

सन् २०२१ मा प्राकृतिक प्रकोपहरुका कारण भएको बीमा घाटाले यसअघिको १० वर्षको औसत घाटालाई समेत उछिनेको स्विस रिको क्याट पेरिलका प्रमुख मार्टिन बर्टटगले बताएका छन्। 

 


Share this with your friends: