चिलिमे हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-12-13
चिलिमे हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

कम्पनीले भोलि(मंसिर २९ गते) एक दिन बुक क्लाज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजि ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब १४ करोड १९ लाख ५२ हजार ५८६ रुपैयाँ बराबरको लाभांस वितरणको प्रस्ताव गरेको छ।

प्रस्तावित कुल लाभांसमध्ये १० प्रतिशतले हुन आउने ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशतले नै हुन आउने ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यो लाभांस कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भइपछि वितरण गरिनेछ। 


Share this with your friends: