चिलिमे हाइड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2020-12-14
चिलिमे हाइड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गर्दै प्रतिकित्ता ५७० रुपैयाँ कायम गरेको छ। समायोजन पूर्व कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६२७ रुपैयाँ थियो। 

कम्पनीले आउँदो पुस १२ गते वार्षिक साधारण सभा डाकेको छ। उक्त सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजि ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब १४ करोड १९ लाख ५२ हजार ५८६ रुपैयाँ बराबरको लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ।
प्रस्तावित कुल लाभांसमध्ये १० प्रतिशतले हुन आउने ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशतले नै हुन आउने ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

कम्पनीले आज(मंसिर २९ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले हिजो अर्थात मंसिर २८ गतेसम्म कायम सेयरधनीहरु मात्रै साधारण सभामा भाग दिन र लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  


Share this with your friends: