चीनको आधारभूत स्वास्थ्य बीमा कोषले निःशुल्क कोरोना खोपको खर्च धान्न नसक्ने

2020-10-13
चीनको आधारभूत स्वास्थ्य बीमा कोषले निःशुल्क कोरोना खोपको खर्च धान्न नसक्ने

काठमाण्डौ । चीनको नेशनल हेल्थकेयर सेक्युुरिटी एड्मिनिस्ट्रेसन(एनएचएसए)ले सरकारद्वारा सञ्चालित आधारभूत मेडिकल बीमा कोषले सर्वसाधारण जनतालाई निःशुल्क रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउने खर्च धान्न नसक्ने जनाएको छ। 

एनएचएसले चीनको नेशनल पिपुल्स कंग्रेस पार्टीको आधारभूत मेडिकल बीमा कोषलाई कोरोना विरुद्धको भ्याक्सिनको खर्च व्यहोर्न गरेको प्रस्तावको प्रतिक्रियास्वरुप यस्तो जनाएको हो। 

कोरोनाविरुद्धको भ्याक्सिन लगाइने चिनियाँको संख्या धेरै छ र यसको खर्चसमेत उच्च छ। यसका साथै चीनको मेडिकल बीमाको फन्डिङ लेभल, अझ विशेषगरी ग्रामीण क्षेत्रको आधारभूत मेडिकल बीमा अझै पनि न्यून रहेको एनएचएसएले जनाएको छ। सन् २०१९ मा चीनको शहरी र ग्रामीण क्षेत्रका बासिन्दाको प्रतिव्यक्ति फन्डिङ करिब ११९ डलर थियो। 

चीनमा अहिले खोप कार्यक्रमहरुलाई आधारभूत मेडिकल बीमा कोषको कभरेजमा समावेश गरिएको छैन। तर सन् २०१९ को डिसेम्बर १ देखि कार्यान्वयनमा आएको “भ्याक्सिन म्यानेजमेन्ट ल” का अनुसार केही खोपहरु आम सर्वसाधारणलाई सरकारी खर्चमा लगाउन सकिन्छ। आधारभूत मेडिकल बीमा कोषले भुक्तानी गर्ने खर्चमा, सार्वजनिक स्वास्थ्यअन्तर्गत व्यहोरिने खर्चलाई समावेश गरेको छैन। 

एनएचएसएले सम्बन्धित निकायहरुसँगको सहकार्यमा कोरोनाविरुद्धको भ्याक्सिनको मूल्यका बारेमा संयुक्त रुपमा अध्ययन गर्ने जनाएको छ। 

 


Share this with your friends: