जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-05-06
जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । संस्थाद्वार प्रस्तावित ४९.४० प्रतिशत बोनस सेयरका लागि आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाको सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३६११ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता रु.५२९५ कायम थियो । 
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ४९.४ प्रतिशत बोनस सेयर र २।६ प्रतिशत नगद लाभांस गरी कुल ५२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वैशाख ३० गते आयोजना हुन गईरहेको १० औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 


Share this with your friends: