जनउत्थान सामुदायिक लघुवित्तको ५२% लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-05-05
जनउत्थान सामुदायिक लघुवित्तको ५२% लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भोलि(वैशाख २३ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। 

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ४९.४ प्रतिशत बोनस सेयर र २.६ प्रतिशत नगद लाभांस गरी कुल ५२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वैशाख ३० गते आयोजना हुन गईरहेको १० औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: