जर्मन पुनर्बीमा उद्योगद्वारा २०२० मा मौसमी क्षतिका लागि २.५ बिलियन युरो भुक्तानी

2021-01-04
जर्मन पुनर्बीमा उद्योगद्वारा २०२० मा मौसमी क्षतिका लागि २.५ बिलियन युरो भुक्तानी

काठमाण्डौ । आँधिहुरी, असिनापानी तथा अन्य प्राकृतिक विपत्तीहरुबाट भएको क्षतिका लागि सन् २०२० मा जर्मनीको पुनर्बीमा उद्योगले २.५ बिलियन युरो बराबरको दाबी भुक्तानी गरेको छ। जर्मन इन्स्योरेन्स इन्डष्ट्री(जिडीभीले) हालै प्रकाशित गरेको रिपार्टमा यस्तो देखिएको हो। 

समग्रमा सन् २०२० मा जर्मनीको पुनर्बीमा उद्योगले सन् २०१९ को तुलनामा औसतभन्दा कम अर्थात ५ सय मिलियन युरो कम दाबी भुक्तानी गरेको छ। 

जिडीभीका जनरल म्यानेजरका अनुसार सन् २०२० मा प्राकृतिक विपत्ती जस्तै आँधिहुरीमा कमी आएकाले पुनर्बीमा उद्योगको दाबी भुक्तानीमा कमी आएको हो। सन् २०२० मा सेबिन नामक आँधिका कारण जर्मनीको पुनर्बीमा उद्योगले ६७५ मिलियन युरो बराबरको घाटा व्यहोरेको छ। 

यो घाटा सन् २००२ पछिको आँधि कारण भएको छैठोँ ठूलो घाटा हो। सन् २००७ मा आएको क्रिल नामक आँधिका कारण जर्मनीको पुनर्बीमा उद्योगले ३ बिलियन युरो, सन् २००२ मा आएको जेनेट नामक आँधिका कारण १.४ बिलियन युरो र सन् २०१८ मा आएको फ्रिडेरिकम नामक आँधिका कारण १.१५ बिलियन युरो घाटा व्यहोरेको थियो। 

सन् २०२० मा प्रोपटी इन्स्योरेन्स अन्र्तगत जर्मनीको पुनर्बीमा उद्योगले २ बिलियन युरो बराबरको घाटा व्यहोरेको छ। यसमध्ये १.६ बिलियन युरो असिनापानी र आँधिहुरी र ४०० मिलियन युरो अन्य प्राकृतिक विपत्ती जस्तै भारी वर्षाका लागि व्यहोरेको हो। 

अन्य बाँकि रहेको दाबी भुक्तानी भने मोटर इन्स्योरेन्सका लागि गरिएको छ। जस अन्र्तगत ५०० मिलियन युरो बराबरको दाबी भुक्तानी गरिएको छ। 

 


Share this with your friends: