जर्मन पुनर्बीमा कम्पनी‘म्यूनिख रि’को मुनाफा ९०%ले वृद्धि

2021-07-22
जर्मन पुनर्बीमा कम्पनी‘म्यूनिख रि’को मुनाफा ९०%ले वृद्धि

काठमाण्डौ । विश्वको अग्रेणी पुनर्बीमा कम्पनी म्यूनिख रिकोे मुनाफा ९० प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा अनुमान गरेभन्दा धेरै अर्थात ९० प्रतिशतले वृद्धि भएको हो । 

जर्मन पुनर्बीमा कम्पनी म्यूनिख रिले प्राकृतिक प्रकोपहरुबाट भएको घाटा तुलनात्मक रुपमा कम भएकाले दोस्रो त्रैमासमा खर्चहरु कम भएको उल्लेख गरेको छ । 

दोस्रो त्रैमासमा कम्पनीको मुनाफा वृद्धि भएर १.१ बिलियन युरो(१.३ बिलियन डलर) पुगेको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ५७९ मिलियन युरो धेरै हो । गत वर्ष कोरोना महामारीका कारण भएको भारी घाटाको कारण कम्पनीको मुनाफामा कमी आएको थियो । 
दोस्रो त्रैमासमा कम्पनीले आर्जन गरेको मुनाफा विश्लेषकहरुले प्रक्ष्येपण गरेको ८०८ मिलियन युरो(९८४ मिलियन डलर)भन्दा पनि धेरै हो । 

मुनाफामा देखिएको यो वृद्धिले वार्षिक २.८ बिलियन युरो(३.३ बिलियन डलर)मुनाफा आर्जन गर्ने आफ्नो लक्ष्यतर्फ कम्पनी अग्रसर रहेको म्यूनिख रिले जनाएको छ । 

यद्यपी कम्पनीले गत साता पश्चिमी युरोपमा आएको भिषण बाढीबाट भएको क्षतिहरुका  बारेमा भने केहि पनि उल्लेख गरेको छैन । पश्चिम युरोपमा आएको यो बाढीका कारण युरोपको पुनर्बीमा उद्योगमा अर्बो डलरको दाबी पर्ने अनुमान गरिएको छ । 

दोस्रो त्रैमासको विस्तृत विवरणहरु आगामी अगस्ट १० मा आउने बताइएको छ ।   

 


Share this with your friends: