जापानको बीमा कम्पनी निप्पोन लाइफले एसियामा लघुबीमा बिक्री गर्ने

2020-10-22
जापानको बीमा कम्पनी निप्पोन लाइफले एसियामा लघुबीमा बिक्री गर्ने

काठमाण्डौ । जापानको सबैभन्दा ठूलो बीमा कम्पनीमध्ये एक निप्पोन लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसाय वृद्धि गर्नका लागि एसियाली देशका निम्न आय भएका ग्राहकहरुलाई लक्षित गरी लघु योजनाहरु बिक्री गर्ने भएको छ। 

निक्की एसियन रिभ्युका अनुसार कम्पनीले अबको पाँच वर्षभित्र कम्तीमा पनि ३ लाख ५० हजार पोलिसीहरु जारी गर्ने लक्ष्य लिएको छ। 

निप्पोन लाइफले यो महिना इन्डोनेशियामा त्यहाँको स्थानिय गुप्र कम्पनी सिक्वइस लाइफ माफर्त आफ्नो पहिलो पोलिसीहरु उपलब्ध गराउने भएको छ। यस पश्चात कम्पनीले आफ्नो व्यवसाय भारत,थाइल्याण्ड र म्यान्मारका अन्य थप तीनवटा गुप्र कम्पनीहरुमा विस्तार गर्नेछ। 

निप्पोन लाइफले लगभग ३८ अमेरिकी सेन्टको मासिक प्रिमियममा लगभग १३ सय डलर भुक्तानी गर्नुपर्ने जीवन बीमा पोलिसी अफर गर्नेछ। प्रदायकले मुख्यतया बहुराष्ट्रिय कम्पनीहरुसंग काम गर्ने कम्पनीहरुमा काम गर्ने कर्मचारीहरुलाई लक्षित गर्नेछ। 

व्यवसाय विस्तार गर्न, ग्राहकहरुले योग्य ठहरिनका लागि ब्याकग्राउण्ड चेक बाईपास गर्न सक्नेछन्।   

 

japan   

Share this with your friends: