जिम्मेवार लगानी तथा अन्डरराइटिङमा एशियाका बीमकहरुको अवस्था कमजोर

2021-05-30
जिम्मेवार लगानी तथा अन्डरराइटिङमा एशियाका बीमकहरुको अवस्था कमजोर

काठमाण्डौ । विश्वका ७० ठूला बीमकहरुमध्ये एशियाका दुुईवटा इन्स्योरेन्स गुप्रमात्रै जिम्मेवार लगानी तथा अन्डरराइटिङको शीर्ष १५ मा परेका छन। एशियाबाट जिम्मेवार लगानी तथा अन्डरराइटिङको शीर्ष १५ भित्र पर्नेमा एमएस एण्ड एडी इन्स्योरेन्स गुप्र होल्डिङस् र सोम्पो होल्डिङ रहेका छन्। 
जीवन तथा स्वास्थ्य क्षेत्रमा भने एशियाका चारवटा इन्स्योरेन्स गुप्रहरु शीर्ष १५ मा परेका छन्। 

यो र्यांकिङ जिम्मेवार लगानीलाई प्रवद्धन गर्ने लन्डनमा आधारित सेयरएक्सन च्यारिटीले गरेको हो। प्रत्येक सहभागी बीमकहरुलाई सुशासन, जलवायु परिवर्तन, जैविक विविधता र मानव अधिकार गरी चारवटा क्षत्रेमा अंक प्रदान गरिएको थियो। यसपश्चात बीमकहरुलाई समग्र अंकका आधारमा रेटिङ प्रदान गरिएको थियो। 

बीमकहरुलाई एएए देखि ई सम्मको स्कोर रेन्ज प्रदान गरिएको थियो। सहभागी ७० वटा बीमकहरुमध्ये कुनैले पनि एएए(एए रेटिङ) प्राप्त गर्न सकेनन्। सहभागीमध्ये ५ बीमकले ए रेटिङ प्रदान गरे। ए रेटिङ प्राप्त गर्नेमा सबै यूरोपेली बीमकहरु रहेका छन्। सम्पत्ति तथा दुर्घटना बीमामा ए रेटिङ प्राप्त गर्नेमा एक्सा(फ्रान्स), एलियान्ज(जर्मनी), एभिभा(बेलायत) र स्वास्थ्य तथा जीवन बीमामा ए रेटिङ प्राप्त गर्नेमा लिगल एण्ड जर्नल(बेलायत) र एगोन(नेडरल्याण्ड) रहेका छन्। 

यस्तै एक उत्तर अमेरिकी र एक एशियन बीमकले मात्रै बी र बी भन्दामाथि रेटिङ प्राप्त गरेका छन्। 

दिगो वित्तका लागि युरोपका नियाकहरुले गरेको कडा प्रावधानहरुका कारण युरोपेली बीमा कम्पनीहरुको प्रदर्शन सशक्त देखिएको सेयरएक्सनले जनाएको छ।  

स्वास्थ्य तथा जीवन बीमातर्फ सीएनपी(फ्रान्स)मात्रै बीबीबी रेटिङ प्राप्त गरेको छ। यसैगरी सम्पत्ति तथा दुर्घटना बीमा तर्फ एनएन गुप्र (नेदरल्याण्ड)र स्वास्थ्य तथा जीवन बीमातर्फ डाइ–इची(जापान)ले बीबी रेटिङ प्राप्त गरेका छन्। 

७० वटा बीमकहरुको छनोट सन् २०१९ डिसेम्बर ३१ मा कायम रहेको उनीहरुको कुल सम्पत्तिका आधारमा छनोट गरिएको सेयरएक्सनले जनाएको छ। छनोट भएका बीमकहरुलाई सन् २०२० को अक्टोबर महिनामा प्रश्नावली पठाइएको थियो। सर्भेमा सुशासन, जलवायु परिवर्तन, जैविक विविधता, र  अधिकार तथा लगानी र अन्डरराइटिङ क्रियाकलापहरु दुवैलाई समेटिएको थियो। बीमा कम्पनीहरुलाई यो सर्भेको नतिजाहरुलाई आफ्नो प्रदर्शनलाई बेन्चमार्क गर्न र आवश्यक परेका ठाउँहरुमा सुधार गर्न प्रयोग गर्न उत्प्रेरित गरिएको छ।   

 


Share this with your friends: