जीवन बीमा कम्पनीहरुद्वारा ९२.२० अर्ब कुल बीमाशुल्क आर्जन, कसको कति ?

2022-04-03
जीवन बीमा कम्पनीहरुद्वारा ९२.२० अर्ब कुल बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९२ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले पुस महिनाको अन्त्यसम्ममा ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको यो अवधिसम्ममा २३ अर्ब ९३ करोड १२ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ । एलआईसी नेपालले ११ अर्ब ११ करोड ७७ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफले ९ अर्ब १ करोड ३७ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ६ अर्ब ६८ करोड ४२ लाख ४८ हजार रुपैयाँसहित राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा रहेको छ । सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेको सूचीमा युनियन लाइफ पाचौँ स्थानमा रहेको छ । कम्पनीले माघ महिनाको अन्त्यसम्ममा ५ अर्ब ५८ करोड २१ लाख २६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै एशियन लाइफ ४ अर्ब ५४ करोड २७ लाख १० हजार, मेट लाइफ ३ अर्ब ५७ करोड २८ हजार, गुराँस लाइफ २ अर्ब ८ करोड ७४ लाख ४० हजार, सूर्या लाइफ ३ अर्ब २२ करोड ७३ लाख १४ हजार, प्राइम लाइफ ३ अर्ब ४२ करोड ७२ लाख ४२ हजार,आइएमई लाइफ २ अर्ब १४ करोड ४२ लाख १२ हजार,ज्योति लाइफ २ अर्ब ३४ करोड १०  लाख ४८ हजार , सन नेपाल लाइफ २ अर्ब ७२ करोड ४१ लाख २३ हजार,रिलायन्स लाइफ १ अर्ब ८६ करोड ११ लाख ७४ हजार,रिलायबल नेपाल लाइफ २ अर्ब ६६ करोड ९२ लाख २२ हजार,सिटिजन लाइफ ३ अर्ब ४८ करोड १८ लाख ९ हजार,सानिमा लाइफ १ अर्ब ५३ करोड ६८ लाख ६५ हजार प्रभु लाइफ १ अर्ब ३२ करोड ५८ लाख ४ हजार र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ९३ करोड २९ लाख ३४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्  । 


Share this with your friends: