जीवन विकास लघुवित्त र एनटीसीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-03-25
जीवन विकास लघुवित्त र एनटीसीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जीवन विकास लघुवित्त र नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(एनटीसी)को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले यी दुई कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३ हजार रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१०० रुपैयाँ कायम थियो । 

त्यस्तै एनटीसीको सेयरमूल्य प्रतिकित्ता १२२०.८३ रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १४६५ रुपैयाँ थियो । 

जीवन विकास लघुवित्तले आव २०७७/७८ का लागि  ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांस गरी कुल ७३.६८ पतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । त्यस्तै नेपाल टेलिकमले आव २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस रहेका छन् ।   


Share this with your friends: