ज्याति विकास बैंकले असार २० गतेदेखि रु १.५० अर्बको ऋणपत्र निष्कासन गर्ने

2021-06-25
ज्याति विकास बैंकले असार २० गतेदेखि रु १.५० अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आगामी असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ६ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिने ६ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ३० हजार कित्ता लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीइल एस क्यापिटल लिमिटेड रहेको छ। बैंकलाई नेपाल धितोपत्र बोर्डल ेगत जेठ २७ गते ऋणपत्र निष्कासनका लागि अनुमति प्राप्त गरेको  थियो ।  


Share this with your friends: