ज्योति लाइफको स्मार्ट एपमा थप आकर्षण र सुविधा

2021-06-03
ज्योति लाइफको स्मार्ट एपमा थप आकर्षण र सुविधा

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित तथा अभिकर्ताहरुको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुबिधा ल्याएको छ । कम्पनीले आफ्ना सेवा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदान गरिने सेवालाई प्रविधिमैत्रि बनाई थप प्रभावकारी तथा सहज सेवा पुर्याउने उद्देश्यले थप सुविधा ल्याएको हो । 

यो स्मार्ट एप एन्ड्रोइड तथा आईओएस दुबै मोबाईल प्रविधिमा उपलब्ध रहेको छ । नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताहरुको लागि अत्यन्तै प्रयोगकर्तामैत्री रहेको कम्पनीले बताएको छ ।

बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु आफैले उक्त एप्समा लग ईन मार्फत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीद्धारा जारी अन्य आवश्यक सुचनाहरु समेत स्मार्ट एपबाटै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

यस्तै अभिकर्ताहरुले पनि आफुले बिक्रि गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र ब्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी यसमा समावेश गरी,स्मार्ट एप्सलाई पहिले भन्दा अझ सरल र धेरै सुबिधाहरुका साथ सार्वजनिक गरिएकोे कम्पनीले जनाएको छ । 

कम्पनीले परिमार्जित एपमा सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित आफ्ना सेवा–सुविधाहरु समेतको पर्याप्त जानकारी उपलब्ध गराउनुका साथै एप भित्र क्यालेण्डर तथा बिश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरेको छ । यसबाट प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमा शुल्क गणनाको प्रोपोजल पठाउन र सेयर गर्न सक्नेछन् । अभिकर्ता तालिम तथा ज्योति केयर्स अभियान बारे जानकारी समेत प्राप्त गर्न सकिने भएकोले सबै प्रकारका सेबा ग्राहिहरुले यस मोबाईल एपबाट लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।


Share this with your friends: