टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

2022-03-28
टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ। टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ ४७ करोड ५२ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले जारीपुँजीको ४४ प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ जारी गर्ने भएको हो। जसअनुसार कम्पनीले आयोजना प्रभावित, स्थानीय र सर्वसाधारणका लागि ४७ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। 

यसैगरी कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज टक्सार पिखुवाखोला हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७८ साल वैशाख १ गतेदेखि नै विद्युतको व्यापारिक उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेकोे छ।


Share this with your friends: