डब्लुएचओले कोरोनाको खोपको साइड इफेक्टका लागि गरीब देशहरुमा बीमा योजना स्थापना गर्ने

2020-10-30
डब्लुएचओले कोरोनाको खोपको साइड इफेक्टका लागि गरीब देशहरुमा बीमा योजना स्थापना गर्ने

काठमाण्डौ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को नेतृत्वमा रहेको एक खोप योजनाले विश्वका गरिब देशका मानिसलाई लक्षित गरी कोरोनाभाइरस विरुद्धको खोपले निम्त्याउने सम्भावित साइड इफेक्टका लागि क्षतिपूर्ति कोष स्थापना गरिरहेको छ । यो कोषमार्फत संगठनले कोरोनाभाइरस विरुद्धको खोप विश्वव्यापी रुपमा नपुग्ने भयलाई निरुत्साहित गर्ने लक्ष्य लिएको छ । 

यो संयन्त्र दशकअघि एचवानएनवान स्वाइन फ्लु महामारीको समयमा भएको ढिलाईहरुको पुनरावृत्तिबाट बच्नका लागि स्थापना गरिएको हो । त्यतिबेला स्पष्ट दायित्वको अभावमा निम्न आय भएका दर्जनौ देशहरुमा खोप परीक्षण सुस्त भएको थियो । 

यो योजनालाई कोभ्याक्स भ्याक्सिनको र्पोमोटर्सहरुले स्थापना गरिरहेका छन् । जसको विश्व स्वास्थ्य संगठन र विश्वव्यापी भ्याक्सिन साझेदार गाभिले नेतृत्व गरिरहेका छन् । कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्म २ बिलियन प्रभावकारी खोप विश्वभर वितरण गर्ने लक्ष्य लिएको छ । 

यो योजनाले अफ्रिका र दक्षिण पूर्वी एसियाका अधिकांस देशसहित ९२ देशमा क्षतिपूर्ति विधेयक लागु गर्नेछ । यो विधेयक लागु भएपछि ति देशका सरकारहरुले आफ्ना जनताबाट कोरोना विरुद्धको खोपको अप्रत्यासशित नतिजा विरुद्ध दाबी पेश गरे अति कम वा निशुल्क रुपमा त्यसको सामना गर्नेछन् । 

तथापि दर्जनौ मध्य आय भएका देशहरु जस्तै दक्षिण अफ्रिका, लेवनान, गाबोन, इरान र धेरैजसो लेटिन ओरिकी देशहरुलाई भने यो सुरक्षा प्रदान गरिने छैन । 

 कोभ्याक्सले ९२ देशका जनताहरुलाई मात्रै आफ्नो खोपले निम्त्याएको नकारात्मक असरहरुको क्षतिपूर्ति प्रदान गरिने स्पष्ट पारेको छ । तर कुन आधारमा ९२ देशहरुको छनोट गरिनेछ भनेर कोभ्याक्सले केहि पनि जानकारी उपलब्ध गराएको छैन । 

नियामक निकायबाट स्विकृत प्राप्त खोपको नकारात्मक प्रभाव दुर्लभ रुपमा देखिने गर्दछ । तर कोरोना विरुद्धको खोप जुन गतिमान विकास भइरहेको त्यसले आम जनमानसमा खोपप्रति चासो बढाईदिएको छ । यो जोखिमलाई बीमा कोषको स्थापनाद्वारा उजागर गरिएको छ । 

विश्व अहिलेसम्म कोरोना विरुद्धको कुनै पनि प्रमाणित खोप विकास भएको छैन । विश्व स्वास्थ्य संगठनले भने पहिलो प्रमाणित खोप यहि वर्षको डिसेम्बर महिनाभित्र तयार भइसक्ने अनुमान लगाएको छ । आम रुपमा कुनै पनि भ्याक्सिन विकास गर्न एक वर्षको समय लाग्ने गर्दछ । 

विश्व स्वास्थ्य संगठनको क्षतिपूर्ति योजना अन्र्तगत देशहरुले कोभ्याक्सको कोरोना विरुद्धको भ्याक्सिनले निम्त्याएको साइड इफेक्टका लागि कम्तीमा पनि सन् २०२२ को जुलाईसम्म दाबी पेश गर्नुपर्नेछ । 

सामान्य अवस्थामा यि लागतहरुलाई बीमकहरुले कभर गर्नुको साटो साइड इफेक्ट पिडीतथहरुmाई सम्भावित क्षतिपूर्ति कोभ्याक्सद्वारा निमार्ण गरिएको संयन्त्रमार्फत भुक्तानी गरिनेछ । 

 


Share this with your friends: