डिजिटल बिक्रिका कारण चीनको बीमा क्षेत्रमा तिव्र सुधार, प्रिमियम ७.६%ले बढ्यो

2020-08-25
डिजिटल बिक्रिका कारण चीनको बीमा क्षेत्रमा तिव्र सुधार, प्रिमियम ७.६%ले बढ्यो

काठमाण्डौ । अर्थतन्त्रमा देखिएको तिव्र पूनरागमन र नियामकको सहायताले चीनको सम्पत्ति तथा दुर्घटना(पि एण्ड सी) बजार लकडाउनको मारबाट तिव्र गतिमा माथि उठ्दै गएको छ।  

भर्खर मात्रै वर्षको पहिलो ६ महिनाको नतिजा प्रकाशित गरेको चाइना प्यासेफिक इन्स्योरेन्स(सिपीआईसी) ले सम्पत्ति तथा दुर्घटना युनिटले करीब ११.१ बिलियन खुद लिखित प्रिमियम आर्जन गरेको जनाएको छ। यो रकम गत वर्षको सोहि अवधिमा १२.३ प्रतिशतले बढी थियो। 

सिपीआईसीको यो प्रर्दशनले चीनको समग्र सम्पत्ति तथा दुर्घटना बजारको प्रर्दशनलाई दर्शाएको छ। चाइना बैंकिङ एण्ड इन्स्योरेन्स रेगुलेटरी कमिसन(सीबिआईआरसी) को आकडा अनुसार वर्षको पहिलो ६ महिनामा चीनका बीमा कम्पनीहरुको प्रिमियम ७.६ प्रतिशतले वृद्धि भएको छ। कोरोना महामारीका कारण वर्षको पहिलो त्रैमासमा नयाँ कारको बिक्रि तिव्र गतिमा घटेपनि यो वृद्धि देखिएको हो। चीनमा फेब्रुअरी महिनामा नयाँ कारको बिक्रि ७९ प्रतिशतले घटेको थियो।

चीनको सम्पत्ति तथा दुर्घटना बजारमा यसको धेरै नै राम्रो प्रभाव देखिएको छ। किनकि सवारी साधनले यस क्षेत्रको आधिभन्दा धेरै प्रिमियममा योगदान गर्ने गर्दछ। 

कोरोना महामारी अघि नै कमजोर रहेको चीनको कार बिक्रि यो वर्षको अप्रिल महिनामा दुई वर्षको अवधिमा पहिलो पटक वृद्धि देखिएको थियो। यस पश्चात कार बिक्रिमा प्रत्येक महिना वृद्धि भयो र सवारी साधको प्रिमियम ३ प्रतिशतले वृद्धि भयो। 

दोस्रो त्रैमासमा चीनको सम्रग अर्थतन्त्रमा बलियो पुनरागमन देखियो। यो अवधिमा चीनको जिडिपी ३.२ प्रतिशतले बढ्यो। अर्थशास्त्रीहरुले यो वर्ष चीनको आर्थिक वृद्धि २.५ देखि ३ प्रतिशतको बिचमा रहने अनुमान लगाएका छन्। यसले चीनका बीमा कम्पनीहरुलाई फाइदा पुग्ने निश्चीत छ। 

प्राय अनलाइन बिक्रि गरिने अल्पकालिन स्वास्थ्य प्रडक्टहरुले यो वृद्धिमा बलियो योगदान दिएका छन्। महामारीको बाबजुत पनि अल्पकालिन स्वास्थ्य प्रडक्टहरुको प्रिमियममा ४० प्रतिशतको वृद्धि देखिएको छ। यि प्रडक्टहरु धेरै जसो अलिपे र विच्याट जस्ता प्लेटफर्मका माध्यमबाट बिक्रि भएका थिए। यो बिजनेश लाइनमा सीपिआईसी सक्रिय रहेको थियो। सीपिआईसीको सक्रियताका कारण चीनको स्वास्थ्य प्रिमियममा जनवरी देखि जुन महिनाको अवधिमा ७७ प्रतिशतको वृद्धि देखिएको थियो। 

त्यस्तै कोरोना महामारीका कारण वृद्धि भएको अर्काे क्षेत्र हो कृषि। महामारीका दौरान चीनको नियामक निकाय सीपिआईसीलाई कृषि क्षेत्रको प्रिमियम ५० प्रतिशत भन्दा धेरैले बढाउन सहयोग गरेको छ। 

विभिन्न चुनौतिहरुका कारण यो वर्ष चीनको नियामक निकायले त्यहाका बीमाकर्ताहरुलाई अतिरिक्त सहयोग प्रदान गरेको छ। यसमा सम्पत्ति तथा दुर्घटना लाइनलाई सन् २०२२ सम्म ८० प्रतिशत डिजिटलाइजेशन गर्ने लक्ष्य पनि समावेश छ। यसका साथै बीमाकर्ताले इक्युटीमा पहिले गर्न सक्ने ३० प्रतिशत लगानीलाई बढाउदै ४५ प्रतिशत पुर्याइएको छ। यसले निम्न ब्याजदरको समस्याबाट बीमाकर्ताहरुले राहत पाउनेछन्। 

 


Share this with your friends: