डिप्रोक्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-09-27
डिप्रोक्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असोज ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि अर्थात असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०.६९ रुपैयाँको २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल २१.०५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांस आगामी असोज २३ गते आयोजना हुने कम्पनीको २० औँ वार्षिक  साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


Share this with your friends: