ताइवानमा दुई वर्षभित्र सबै जीवन बीमा पोलिसीहरु डिजिटलाइज गरिने

2021-04-15
ताइवानमा दुई वर्षभित्र सबै जीवन बीमा पोलिसीहरु डिजिटलाइज गरिने

काठमाण्डौ । ताइवानमा दुई वर्षभित्र सबै जीवन बीमा पोलिसीहरु डिजिटलाइज हुने भएका छन्। ताइवानको नियमनकारी निकाय‘इन्स्योरेन्स ब्यूरो अफ द फाइनान्सियल सुपरभाइजरी कमिसन’ का डाइरेक्टर जनरल सि चियुङ–ह्वाले यस्तो बताएकी हुन्। उनले अबको दुई वर्षभित्र सबै जीवन बीमा पोलिसीहरु ‘पेपसलेस’ हुने बताएकी छन्। 

उनका अनुसार ताइवानका आधाजसो जीवन बीमकहरुको इन्स्योरेन्स पोलिसीहरु डिजिटलाइज हुने बाँकी छन्।  सेन्ट्रल न्यूज एजेन्सीको रिपोर्टका अनुसार ताइवानका सबै जीवन बीमा पोलिसीहरु डिजिटल स्वरुपमा परिवर्तन हुने र इलेक्ट्रोनिक पासबुक लन्च हुने अपेक्षा गरिएको छ। 

डिजिटल इन्स्योरेन्स पोलिसीको विषयमा भएको प्रगतिका बारेमा ताइवानका विधायक लिन च्यू इनले समेत जिज्ञासा राखेकी छन्। बुधबारको संसद सत्रको क्रममा उनले औसतमा ताइवानमा प्रतिव्यक्ति २.५ बीमा पोलिसी रहेको बताएकी छन्। यसका उनले देशमा अझै पनि ४० प्रतिशत भन्दा बढी बीमा कम्पनीहरुले डिजिटल इन्स्योरेन्स पोलिसीलाई नअंगालेको औल्याएकी थिइन्। यसमा ४ वटा प्रोपटी इन्स्योरेन्स कम्पनीहरु र ११ वटा जीवन बीमा कम्पनीहरु समावेश छन्। 

च्यू इनले अझै पनि इलेक्ट्रोनिक इन्स्योरेन्स पोलिसीलाई लागू नगरेका चारवटा प्रोपटी इन्स्योरेन्स कम्पनीहरुका अधिकांस कर्पोरेट ग्राहकहरु रहेका तथा बीमा पोलिसीहरु एकदमै कम रहेका र यी चारवटा बीमकहरुलाई डिजिटलाइजेसन कार्यक्रममा समावेश गर्ने कि नगर्ने भन्ने विषय निर्धारण हुने बाँकी रहेको बताए।  

 


Share this with your friends: