ताईवानका बीमकका लागि लगानीको क्षेत्र व्यापक बनाइँदै, नेपालमा कहिले ?

2020-09-20
ताईवानका बीमकका लागि लगानीको क्षेत्र व्यापक बनाइँदै, नेपालमा कहिले ?

काठमाण्डौ। ताईवानका बीमा कम्पनीहरुलाई घरेलु भुमिमा लगानी बढाउन प्रोत्साहन गर्नका लागि त्यहाँको नियम तथा कानुनहरु विस्तारै खुकुलो बनाइने भएको छ। यसमा बीमा उद्योगमाथि सार्वजनिक निमार्णका क्षेत्रमा लगानी गर्न लागेको प्रतिबन्ध खुकुलो हुने विषय पनि समावेश छ। यस सम्बन्धि जानकारी ताईवानको फाइनान्सियल सुपरभाइजरी कमिसनका अध्यक्ष हुवाङ तिएन मुले दिएका हुन्। 

प्रस्ताव गरिएका अन्य नयाँ उयायहरुमा निर्देशकहरुको नियुक्ति सम्बन्धि कानुनहरु सहज बनाउने र केहि सिमित सर्तहरुमा बीमा उद्योगमा भोट दिने अधिकारमा प्रतिबन्ध हटाउने विषयहरु समावेश गरिएका छन्। 

हुवाङका अनुसार ताईवानका बीमाकर्ताहरुलाई देशको घरेलु आर्थिक विकासमा योगदान दिनका लागि उनीहरुको कोष उपयोग गर्नका लागि विभिन्न उपायहरु प्रस्ताव गरिएको छ। 

ताईवानको इन्स्योरेन्स ब्युरोका अनुसार गत वर्षको अन्तिमसम्म ताईवानको बीमा उद्योगले त्यहाँको सार्वजनिक निमार्णको क्षेत्रमा करीब १४.४(४१६.८ न्यु ताईवान डलर) बिलियन डलर लगानी गरेको थियो। यो रकम यो वर्षको जुन महिनाको अन्त्यसम्म बढेर ४८१.२ न्यु ताईवान डलर पुगेको छ। 
नियम र कानुनहरु खुकुलो बनाइपछि ताईवानको बीमा उद्योगका लागि हरित उर्जा प्रोजेक्ट, सडक निमार्ण र ग्रामिण नविकरणीय उर्जामा लगानी गर्ने ढोका खुल्ला हुनेछ।  

नेपालका बीमा कम्पनीहरुले पनि निकै लामो समयदेखि बीमा कोषमा थुप्रिरहेको पैसा विविध क्षेत्रमा लगानी गर्न पाउनुपर्ने माग राख्दै आइरहेका छन्। सरकारले भने यस्ता मागहरुको सम्बोधन गर्ने कुनै छाँटकाँट देखाइरहेको छैन।  

 


Share this with your friends: