तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-01-15
तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १८६ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता १९७ रुपैयाँ कायम थियो । बैंकको गत पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकद्वारा प्रस्तावित लाभांसमा चुक्ता पूँजीको ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६३२।०५ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ। 

यो बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी १४ औँ साधारण सभाबाट पारित गरी बैंकका सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: