तीनवटा जलविद्युत कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

2021-07-30
तीनवटा जलविद्युत कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबो)बाट तीनवटा जलविद्युत कम्पनीले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेका छन् । बोर्डबाट आईपीओ निष्कासनको अनुमति प्राप्त गर्नेमा न्यादि हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड रहेका छन् । 

न्यादि हाइड्रोपावरले साउन ११ गते, साहस उर्जार बुद्धभुमिले साउन १४ गतेका दिन आईपीओ निष्कासनको अनुमति प्राप्त गरेका हुन् । 

न्यादि हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता, साहस उर्जाले १ करोड ५ लाख र बुद्धभुमि नेपाल हाइड्रोले १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेका हुन् । 

न्यादि हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल, साहस उर्जाको एनआईबिएल एस क्यापिटल लिमिटेड र बुद्धभुमि नेपालको बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

यी तीनवटै कम्पनीहरुले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि गरी दुई चरणमा आईपीओ निष्कासन गर्नेछन् । 


Share this with your friends: