तीन लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-12-16
तीन लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज तीनवटा लघुवित्तको सेयरमूल्य समायेजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सर्पोट लघुवित्तद्वारा प्रस्तावित ३० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १७६९.२३ रुपैयाँ कायम गरेको छ । अघिलल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता २३०० रुपैयाँ थियो । 

सूर्योदय लघुवित्तद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १४२७.५० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य १७१३ रुपैयाँ कायम थियो । 

त्यस्तै वोमी लघुवित्त वित्तीय संस्थाद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकत्ता १३४०.८३ रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य १६०९ रुपैयाँ थियो । 

 


Share this with your friends: