तेह्रथुम पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

2021-06-25
तेह्रथुम पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट असार १० गते अनुमति प्राप्त गरेको हो। 

धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। कम्पनीले यो आईपीओ स्थानिय र सर्वसाधारणका लागि गरी दुुई चरणमा आईपीओ निष्कासन गर्नेछ । 

संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: