दक्षिण कोरियामा रोबोटका लागि बीमा योजना विकास गर्ने तयारी

2021-05-31
दक्षिण कोरियामा रोबोटका लागि बीमा योजना विकास गर्ने तयारी

काठमाण्डौ । दक्षिण कोरियामा रोबोट तथा कृत्रिम बौदिकता(एआई)का लागि बीमा योजना विकास गर्ने तयारी गरिएको छ । सेवामा कार्यरत रोबोटहरुका लागि बीमा योजना विकास गर्नका लागि दक्षिण कोरियाको प्रमुख टेलिकम कम्पनी ‘केटी कर्प’ ले त्यहाँको एक बीमा कम्पनीसँग सहकार्य गरेको छ । 

यसका लागि टेलिकम कम्पनी केटी कर्पले डीबी इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको जनाइएको छ । 

डीबी इन्स्योरेन्सले प्रस्तुत गरेको दायित्व कभरेज प्रोग्रामभित्र रोबोटले गर्न सक्ने सम्भावित गल्ती र दुर्घटना सम्बन्धि डेटाहरु संकलन गर्नका लागि टेलिकम कम्पनीले जुन महिनामा डेटा संकलन गर्ने भएको छ । 

यो कदमले रोबोटिक्स क्षेत्रमा आफ्नो उपस्थिती विस्तार हुने केटी कर्पले विश्वास लिएको छ । स्माट् फयाक्ट्री र रोबोट सोलुसन्स्मा आफ्नो प्रतिष्प्रर्धात्मक क्षमता अभिवृद्धि गर्नका लागि केटी कर्पले गत वर्ष हुन्डाई रोबोटिक्सको १० प्रतिशत स्वामित्व खरिद गरेको थियो । 

 


Share this with your friends: